|

एजेन्सी :  भारत र चीनबीचको सीमा विवादमा अमेरिकाले मध्यस्थताको प्रस्ताव गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत—चीन सिमा विवादमा मध्यस्थताको प्रस्ताव गरेका हुन्। ट्रम्पले ट्वीट् गर्दै ‘मैले भारत र चीन दुवैलाई उनीहरुको सिमा विवादमा मध्यस्थता गर्न अमेरिका इच्छुक र समर्थ रहेको भनि सूचित गरेका छु’ भनेका छन्।

समाचार एजेन्सी पिटीआईकाअनुसार  चीनले भने सीमालाई लिएर दुई देशविचकाे स्थिति स्थिर र नियन्त्रित तहमै रहेको बताएको छ। चीनको विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले एक प्रेस कन्फ्रेरेन्समा दुवै देशसँग वार्ता र परामर्शकाको माध्यमबाट मुद्धा सुल्झाउने उचित संयन्त्र र संचार च्यानल विद्यमान रहेको बताएका बिबिसीले जनाएको छ। 

‘हामी आफ्नो क्षत्रिय सम्प्रभुताको रक्षा र सीमाक्षेत्रमा शानित र स्थिरताका लागि प्रतिबद्ध छौँ’ लिजियानले भनेका छन्—चीन—भारत सीमामा स्थिति पूर्ण रुपमा स्थिर र नियन्त्रित अवस्थामा छ। हामी पूर्ण रुपमा छलफल, वाता र परामर्शमार्फत मुद्धा सुल्झाउन सक्षम छौँ।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.