|

सिन्धुपाल्चोक : आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

मेलम्ची ११ की १८ वर्षीय ‘एम वान’ (प्रहरीले राखेको नाम) लाई आफ्नै बाबुले बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। 

‘आफ्नै बाबुले तीन/चार वर्षदेखि बलात्कार गरेको र हिजो बिहान आफ्नै घरमा जबरजस्ती गरेको’, भनी पीडितकी आमाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

पीडकलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको काफ्लेले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.