|

हेटौंडा : बुधबार बिहान हेटौंडामा पहिलो पटक यहीँ बसोबास गरिरहेकी महिलालाई कोरोना देखिएपछि अहिले हेटौंडामा त्रास फैलिएको छ। कोरोना संक्रमित महिला र उनका श्रीमान् जेठ ९ गते चितवनबाट हेटौंडा आएका थिए।  

उनीहरु हेटौंडामा आएपछि स्थानीय जनप्रतिनिधिले हेटौंडा–४ कर्रास्थित आइसोलेसनमा बस्न आग्रह गरेका थिए। तर कर्राको आइसोलेसनमा स्वाब दिएर उनीहरु घर गएका थिए। स्वाब परीक्षण नतिजा नआउँदै घर जाँदा हेटौंडा १ स्थित संक्रमित घर वरपर भने यतिबेला त्रास फैलिएको छ।

उपमहानगरले उनीहरुको घर सिल गरेको छ। उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न आइसोलेसन कार्यालयले भनेको थियो। चितवनमा कार्यरत ती महिलाका श्रीमानसँगै हेटौंडा आएकी थिइन् उनी। उनको स्वाब रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि श्रीमानको पनि स्वाब संकलन गर्न पठाइएको छ।

यस्तै उनको सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको आइसोलेसन इन्चार्ज भोला चौलागाईँले जानकारी दिए।  

गर्भवती संक्रमितलाई भरतपुर पठाइयो  

हेटौंडा–१० स्थित कीटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको स्वाब परीक्षणमा पोजेटिभ देखिएकी ती महिला गर्भवती रहेकी छन्। उनमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगर स्वास्थ्य अधिकृत तथा आइसोलेसन वार्डका इन्चार्ज चौलागाईंले जानकारी दिए। 

उनलाई चितवन भरतपुरस्थित कोरोना विशेष अस्पतालमा पठाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.