|

काठमाडौं : गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्याङ्जाको वालिङ ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका २६ र २२ का २ जना पुरुष तथा ३९ वर्षका का पुरुष सहित गरि ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

उनीहरु सबैजनालाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको छ निर्देशनालयले जनाएको छ।  यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ। दुई जना संक्रमित निको भएर घर फर्किएका छन्। 

त्यसैगरी नवलपरासी बर्दघाट सुस्ता (पूर्व) को, देबचुली नगरपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका  १९ वर्षका एक पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ | उनलाई भरतपुर स्थित कोरोना अस्पतालमा लागिएको छ | यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको  छ |

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.