|

काठमाडौं : प्रदेश २ मा थप ७६ जना नयाँ संक्रमित थपिएका छन्। प्रदेश २ को सामाजिक विकास निर्देशनालय स्रोतकाअनुसार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमूना परीक्षणमा ७६ नयाँ संक्रमित थपिएका हुन्।

निर्देशनालयका अनुसार धनुषामा २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामा संक्रमण पुष्टि भएको हो।

यद्यपी मन्त्राललले भने औपचारीक रुपमा जानकारी दिएको छैन। हिजो मात्रै प्रदेश २ मा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएको थियो।  थपिएका  सङ्क्रमितमा रौतहटका ३५, बारामा एक महिलासहित आठ, सप्तरीमा एक महिलासहित ११ र सिरहाका दुई जना छन्। प्रदेश २ मा मात्रै ९७ जना निको भइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.