|

स्याङजा : स्याङजामा थप ३ जना कोरोना संक्रमण भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले प्रेस विज्ञप्ति जारी गर्दै वालिङमा ३ जना पुष्टि भएको जानकारी दिएसँगै गण्डकी प्रदेशमा कारोना संक्रमण हुनेको संख्या १५ पुगेको छ।

भारतबाट आई वालिङ नगरपालिकास्थित खेलमैदानमा रहेको क्वारेन्टिनमा बसेका २ पुरुष र १ महिलामा संक्रमण भेटिएको हो। गण्डकी प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरीएको पिसिआर परीक्षणमा वालिङ १३ का २६ र २२ वर्षीय पुरुष र ३९ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

यसअघि १० गते भारतबाट आएका वालिङ नपा ७ का २ जनामा संक्रमण भेटिएको थियो। थप ३ जनामा पोजेटिभ भेटिएसँगै स्याङजामा कोरोना संक्रमण हुनेको संख्या ५ पुगेको छ।

उनीहरूलाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको छ। उनीहरुको स्वास्थ्य स्थित सामान्य रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिए।

कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै ६ वटा आइशोलेशन भएको जिल्ला अस्पत्तालमा ४वटा बेड थप गरी १० बेडको आइसोलेशन निर्माण गरीएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख याम प्रशाद शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.