|

कपिलवस्तु  :जिल्‍लाको विजयनगर गाउँपालिकाको स्वास्थ्यकर्मीले पाँच मिटर टाढाबाटै  तापक्रम चेक गरेका छन्। वडा नं. ४ मा रहेको शंकरपुर आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकाहरूको ५ मिटर परैबाट बुधबार तापक्रम लिइएको हो। उनीहरुले इफ्रारेड थर्मोमिटर (थर्मल गन) प्रयोग गरी तापक्रम लिएका हुन्। क्वारेन्टाइनमा बस्ने भारतबाट आएका हुन्।

स्थानीय प्रकाश रन्जनका अनुसार स्वास्थ्यकर्मीले ५ मिटरभन्दा धेरै दूरी लिएर तापक्रम लिएका थिए।   स्वास्थ्यकर्मीलाई नजिकबाट तापक्रम लिन आग्रह गरे पनि कोरोना संक्रमण हुन सक्ने भन्दै टारेका थिए। स्वास्थ्यकर्मीले भने पिपिई प्रयोग गरेका छन्।

यो विषयमा वडा अध्यक्ष तिलक कँडेलसँग सोधपुछ गर्दा आफूलाई त्यो विषयमा जानकारी नभएको र यथार्थ बुझ्न स्वास्थ्यकर्मीलाई बोलाएको बताए। यता, विजयनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वाई पि अधिकारीले यस विषयमा स्वास्थ्यकर्मीलाई सचेत गराइसकेको र गल्ती दोहोरिन नदिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.