|

कपिलवस्तु : विजयनगर गाउँपालिकाले कृषकलाई आधा मूल्यमा धानको बीउ उपलब्ध गराउने भएको छ। लकडाउनका कारण खरिद गर्न समस्या परेपछि गाँउपालिकाले ५ हजार बोरा धानको बीउ खरिद गरेको छ। 

त्यसबाट कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्ने तयारीसमेत गरेको छ। ‘अहिले १ हजार बोरा बीउ आएर वितरण गरिरहेका छौं, चार हजार बोरा आउन बाँकी छ,’ गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले भने। यहाँका कृषक प्राय भारतको बढनीमा गएर बीउ खरिद गर्ने गर्छन्।

लकडाउनका कारण उनीहरुलाई भारत जान समस्या पर्ने भएकोले गाउँपालिकाले नै खरिद गरेर वितरण गर्न लागिएको उनले बताए। गाउँपालिकाभर ५ हजार कृषक रहेका र प्रत्येक कृषकलाई १ बोरा बीउ दिइने बताइएको छ। प्रतिबोरा ३० केजी ‘राधा ४’ नामक धानको बीउ दिइने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.