|
फाइल फोटो

काठमाडौं : रुकुम पश्‍चिमस्थित चौरजहारी नगरपालिका-८ का गाउँलेबाट गरिएको आक्रमणमा परेर मारिने युवकको संख्या पाँच पुगेको छ। बेपत्तामध्ये तेस्रो युकको शव भेटिएसँगै मारिनेको संख्या पाँच पुगेको हो।

सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले प्रहरीका अनुसार जाजरकोट छेडागाड नगरपालिका-५ काले भीरमा बिहीबार दिउँसो ती युवकको शव भेट्टाएको हो। ती युवक भेरी नगरपालिका-४ बस्‍ने १९ वर्षीय सन्जु बिक रहेका छन्।

बेपत्ता युवकको खोजीमा सशस्त्र प्रहरीबल आश्रित गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक योग्य बस्‍नेतको कमान्डमा ४ जना गोताखोर खटिएका छन्। गोताखोरसँगै अन्य १३ जना र सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म पश्‍चिम रुकुमका १८ जना पनि खटिएका छन्।

गत जेठ १० गते रुकुम पश्‍चिमको चौरजाहारी नगरपालिका-८ स्थित मल्ल थरकी युवतीसँग बिहे गर्न गएका भेरी नगरपालिका-४ का २१ का नवराज विकसहितको समूहमाथि आक्रमण भएको थियो। उक्त क्रममा दुईजनाको तत्लकालै हत्या भएको थियो भने चारजना बेपत्ता थिए।

रुकुम घटना : भेरी नदीमा अर्को युवकको पनि शव भेटियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.