|

काठमाडौं :  सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रमलाई कायान्वयनमा ल्याउने भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन्। यसका लागि सरकारले आवश्यक मात्रामा बजेटको व्यवस्था गरेको उनले जानकारी दिए।

'एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रमका यो बर्षबाट शुरुवात गरिनेछ । त्यसका लागि  ५ अर्व १० करोड रुपैयाँ विनियोजन गरेको छु' मन्त्री खतिवडाले बताए।

आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्‍व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेदेखि मन्त्री खतिवडाले प्रस्तुत गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.