|

काठमाडौं :  सरकारले स्वास्थ्य क्षेत्रमा आगामी वर्षका लागि  ९० अर्ब ६९ करोड रुपैयाँ बिनियोजन गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी  आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।

यस्तै, सरकारले काठमाडौंमा सरकारले तीन सय शय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ। आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले तीन सय शय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने बताए।

सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल निर्माण गरिने उनले बताए । स्वास्थ्य पूर्वाधार विकास लागि सरकारले १२ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ

आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गरिने भएको छ। आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन। उनले ३ वर्षभित्र सबैको स्वास्थ्य विमा गर्ने पनि बताए। त्यसतै सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा आगामी आर्थिक वर्षमा ल्याउने सरकारको उदेश्य छ।

यो कार्यक्रमका लागि ७ अर्ब बजेट विनियोजन भएको छ। त्यस्तै स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड विनियोजन गरिएको छ। सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला  निर्माण गरिनेछ। यसको पुर्वाधार निर्माणका लागि १२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ।

३ सय शय्याको सरुवारोग  अस्पताल निर्माण गर्ने सरकारको प्राथमिकतामा परेको

आगामी आर्थिक वर्ष २०७७९७८ को राजश्‍व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को हो।  दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेदेखि मन्त्री खतिवडाले प्रस्तुत गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.