|

गोरखा : बढ्दो कोरोना संक्रमणका बेला सार्वजनिक खरिद प्रक्रिया नै छोट्याएर गोरखा अस्पतालमा दुई साताभित्र निर्माण गर्ने भनिएको भेन्टिलेटर सहितको आइसियू कक्ष डेढ महिनासम्म बनेको छैन। 

स्वास्थ्य मन्त्रालय अन्तगर्त नीति योजना तथा अनुगमन महाशाखाले गण्डकी प्रदेशको बाग्लुङ र गोरखा अस्पतलमा भेन्टिलेटर सहितको आइसियू बनाउन बजेट निकासा गरेको थियो। 

बाग्लुङमा दुई साताअघि निर्माण सम्पन्न भएर आइसियू प्रयोगमा आइसकेको बाग्लुङ अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले बताए। यतिबेला भेन्टिलेटरसहितको आइसियू सेवा गोरखा अस्पतालले पनि दिएको हुनुपर्थ्याे। 

‘पटक–पटक टेन्डर गर्नुपर्दा ढिलो भएको हो’, गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट नवीन थापाले भने। वैशाख तेस्रो साता गरिएको टेण्डरमा तीन वटा फर्म दर्ता भएका छन्।

ती फर्मको प्राविधिक तथा आर्थिक मूल्या‌ंकन हुन बाँकी छ। ‘प्राविधिक मूल्यांकन पास भएपछि, आर्थिक मूल्यांकन हुन्छ,' त्यो पास भएपछि ठेक्का सम्झौता हुन्छ’, निमित्त मेसु थापाले भने, ‘सार्वजनिक खरिद ऐन, नियमावलीका सबै प्रक्रिया पूरा गर्नुपर्ने हुँदा समय लागेको हो ।’

स्वास्थ्य मन्त्रालय अन्तगर्गतकाे नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले एक महिनाभित्र तयार गर्ने योजनासहित बजेट निकासा गरेको बताए।

कोरोनाको सम्भावित खतरालाई ध्यान दिएर उपचारमा सजगता ल्याउन छिटाे आइसियू निर्माण गर्ने योजना महाशाखाको थियो। ९० लाख लगानीमा अस्पतालमा सुविधासम्पन्न भेन्टिलेटरसहित आइसियू दुई साताभित्र बन्ने चर्चा चलेको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.