१० युनिट खपत गर्नेलाई नि:शुल्क

|

काठमाडौं : सरकारले विद्युत उपभोक्ताका लागि भारी छुट दिने निर्णय गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले मासिक १० युनिट खपत गर्ने उपभोक्तालाई शुल्क नलाग्ने बताए।

उनका अनुसार, मासिक १५० युनिट बिजुली खपत गर्ने उपभोक्ताले २० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेले १५ प्रतिशत छुट पाउनेछन्।

त्यसका साथै, खानेपानी र सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत शुल्क मिनाहा गर्ने र महशुलमा पनि सहुलियत दिने व्यवस्था गरिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.