|

काठमाडौं : सरकारले नयाँ आर्थिक वर्षको जबेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ। कृषि क्रान्तितर्फ उन्मुख हुने गरी सरकारले सिँचाइ, मल, बीउ र पुँजीको सुनिश्चितता गर्ने भएको छ। 

आगामी वर्ष दूध र तरकारीमा आत्मनिर्भर हुन कार्यक्रम चलाइने अर्थमन्त्री युवराज खतिवडाले बताए। ग्रामीण उद्यम कार्यक्रम सञ्चालन हुने उनले बताए। एक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र स्थापना गरिने खतिवडाले बताए। त्यसका लागि ३ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

बजेटमा कर्णाली र गण्डकी प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला पनि स्थापना गरिने उल्लेख छ। सरकारले सामूहिक सहकारी खेतीलाई सरकारले प्रोत्साहन गर्ने भएको छ। 
सामूहिक खेती गर्नेलाई मात्र शित भण्डारण गर्न आर्थिक सहयोग पनि सरकारले गर्ने भएको छ। सबै स्थानीय तहमा एक कृषि र पशु प्राविधिकको व्यवस्था मिलाउन आवश्यक बजेट व्यवस्था गरेको छ। 

त्यस्तै रासायनिमक मलमा अनुदान वृद्धि गरी ११ अर्ब पुर्‍याएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए। त्यस्तै बाली विमा वाली उत्पादन भएपछि मात्रै रकम तिर्ने व्यवस्था सरकारले मिलाएको छ।

सरकारले २ सय खाद्य भण्डारण केन्द्र बनाउन स्थानीय तहलाई १ अर्ब दिने भएको । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन। 

त्यस्तै सबै स्ठानीय तहमा बजार पूर्वाधार निर्माण पनि गरिने भएको छ।  चोभारमा फलफूल तथा हाटबजार सञ्चालन गरिने भएको छ।  स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट विनियोजन भएको छ।

सरकारले उखु उत्पादकलाई अनुदान दिन ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। कृषि अनुदान पुनरावलोकन गरी सं‌घ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी दिने अनुदान दिइने भएको छ। 

सरकारले फलफूलका विरुवा उत्पादन  गर्न १ करोड ५ लाख  बजेट विनियोजन भएको छ। बाँझो जग्गामा खेती गर्नेलाई कृषि औजार सहयोग गर्ने पनि सरकारले जनाएको छ।

सरकारले संघ, प्रदेश र स्थानीय तहको लगानीमा ३ सय स्थानीय तहमा भूमि बै‌क स्थापना गर्ने भएको छ।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गदैै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन। 

उनले महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरव आयोजना बनाइने पनि बताए। त्यसको लागि १० अर्ब रुपैयाँ विनियोजन  गरिएको पनि बताए। नदी कटान नियन्त्रणका लागि ६ अर्ब २० करोड विनियोजन गरिएको खतिवडाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.