|

काठमाडौं : हिमाली तथा पहाडी क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्न सरकारले १ अर्ब २६ करोड विनियोजन गरेको छ।

कोरोनाबाट मुक्त हुनेबित्तिकै पर्यटन पूर्वाधार निर्माण गरिने छ। पर्यटन क्षेत्रको अध्ययनको लागि पर्यटन विश्वविद्यालय अध्ययनको तयारी गरिनेछ। माध्यामिक तहभन्दा माथि पर्यटन विषयको पढाइ गरिने पनि सरकारले जनाएको छ। सांस्कृतिक तथा पर्यटकीय विकास पनि गरिने भएको छ।

 रारा ताल क्षेत्रको विकास गर्न गुरुयोजना बनाइने भएको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी तथा नीजि क्षेत्रका कर्मचारीलाई प्रोत्साहीत गरिने भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्‍व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेदेखि प्रस्तुत गरिरहेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.