|

काठमाडौं : कोरोना महामारीका कारण नराम्ररी थलिएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले कर्जा प्रवाहसँगै ब्याजमा सहुलियत दिने भएको छ। 

'हवाई सेवा, होटल, रेष्टुरेन्ट, ट्राभल, ट्रेकिङ तथा पर्वतारोहण सहितका सेवा क्षेत्रको पुनरोत्थानका लागि कर्जा तथा ब्याजमा सुविधा दिइनेछ', अर्थमन्त्री युवराज खतिवडाले भने।

सरकारले 'एक प्रदेश, एक पर्यटकीय गन्तव्य'को अवधारणा अनुसार सबै प्रदेशमा एक–एकवटा ठूला पूर्वाधारयुक्त पर्यटकीय स्थलको विकास गर्ने भएको छ।

निजी क्षेत्रसमेतको सहयोगमा हिमाली तथा पहाडी क्षेत्रमा मौलिकता सहितको पर्यटकीय गन्तव्यको विकासका लागि सरकारले १ अर्ब २६ करोड रुपैयाँ छुट्याएको हो।
कोभिड–१९ को महामारी नियन्त्रणमा आएपछि जलयात्रा, पर्यापर्यटन तथा मौलिक र सांस्कृतिक क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य विकास गरिने खतिवडाले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.