|
फाइल फोटो

काठमाडौं : नागढुंगा र सिद्धबाबाको पहिरो भएको खण्डमा सुरुङ मार्ग अघि बढाइने भएको छ। सरकारले आगामी आर्थिक वर्षमा सुरुङ मार्ग विकास गर्नका लागि ६ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

आगामी आर्थिक वर्षभित्र हुम्ला सदरमुकामसम्म सडक पुर्‍याउनको लागि पनि सरकारले आवश्यक बजेट विनियोजन गरेको जनाएको छ।  कान्तिराजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि १ अर्ब २० करोड बजेट विनियोजन भएकाे उनकाे भनाइ छ। काठमाडौं तराई फास्ट ट्र्याक ३ वर्षभित्र सम्पन्न गर्ने । ८ अर्ब ९३ करोड बजेट विनियोजन गरेको खतिवडाको भनाइ छ।

आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्‍व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अपराह्न ४ बजेदेखि मन्त्री खतिवडाले प्रस्तुत गरिरहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.