|

काठमाडौं : सरकारले पत्रिकाहरुलाई उपलब्ध गराउने आउँदै आएको लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिने भएको छ।

आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्। 

खतिवडाले नेपालको आफ्नै स्याटेलाइट बनाइने बताउँदै प्रत्येक प्रदेशमा छायाँकनस्थल बनाइने पनि जानकारी दिएका छन्। उनले साइबर ल्याब स्थापना पनि गरिने बताएका छन्। 

सरकारले चालु आर्थिक वर्षमा नवीकरण गर्न छुटेका सामुदायिक र सहकारीबाट सञ्चालित एफएमलाई आगामी २०७७ पुसम्म नवीकरण गर्दा छुट उपलब्ध गराउने भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.