खाना र खाजा खर्च पनि नपाइने

|

काठमाडौं :  कोरोना संकटका कारण खर्च कटौती गरेको सरकारले कर्मचारीमाथि पनि लक्षित गरेको छ। सरकारले कोरोना भाइरस नियन्त्रण अभियानमा जटेका बाहेक सबै कर्मचारीको भत्ता खारेज गरिदिएको छ। 

माघदेखि नेपालमा फैलिएको कोरोना भाइरसले निम्त्याएको संकटका कारण स्रोत जुटाउन सक्ने अवस्था नरहेपछि सरकारले यस्तो निर्णय लिएको हो। अब कोरोना नियन्त्रणमा खटिएकाबाहेक अन्य कर्मचारीले भत्ता लिन पाउने छैनन्। 

कोरोना नियन्त्रणमा जुटेका सुरक्षाकर्मी, चिकित्सक र अन्य स्वास्थ्यकर्मीको प्रोत्साहन भत्ता कायमै राखेको सरकारले अन्य र्मचारीको प्रोत्साहन भत्ता, अतिरिक्त भत्ता, बैठक, खाना, खाजा खर्च र जोखिमसहितका सबै किसिमका भत्ता हटाइदिएका हुन्। 

खतिवडाले खर्च कटौतीका क्रममा भ्रमण भत्ता पनि हटाइदिएका छन्। उनले यो व्यवस्था साउन १ गतेदेखि लागु हुने बताउँदै स्रोत व्यवस्थापनमा समस्या परेपछि यस्तो कदम चालिएको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.