|

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि युवा तथा खेलकुद क्षेत्रको बजेट घटाएको छ। आगामी बजेटमा युवा तथा खेलकुद क्षेत्रका लागि गत वर्षभन्दा पनि कम २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै २ अर्ब ३६ करोडको बजेट विनियोजन गरिएको जानकारी दिए।  सरकारले हरेक वर्ष खेल क्षेत्रका लागि बजेट घटाउँदै लगेको छ।

चालु आर्थिक बर्ष २०७६/०७७ का लागि युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएकोमा ०७५/७६ मा ४ अर्ब १८ करोड रुपैंया विनियोजन गरिएको थियो। यस वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब ६३ करोडको सिलिङ तोकिएकोमा कोरोना संकट बढ्दै गएपछि त्यसमा पनि १५ प्रतिशत कटौती गर्न मन्त्रालयलाई पत्राचार गरेको थियो।

खेलकुद पूर्वाधारको अभाव भएको कर्णाली प्रदेशमा खेलकुद सञ्चालन हुनसक्ने गरी राष्ट्रिय पूर्वाधार विकास गरिने भन्दै अर्थमन्त्री खतिवडाले कर्णाली प्रदेशमा उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न,  सबै स्थानीय तहमा खेलग्राम विकास गर्न  खेलकुद पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.