कार्यान्वयनमा जान कठिन हुने प्रतिक्रिया

|

काठमाडौं : जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बजेट परम्परागत रुपमा आएकाले वर्तमान समस्याको समाधान नगर्ने बताएका छन्। 

वित्तीय व्यवस्थापनको क्षेत्रमा सिद्धान्तको रुपमा ठीक रहेको उल्ले गर्दै उनले  कोरोना महामारीबाट न्यूनीकरणको लागि गरिएको व्यवस्था, व्यवसायीलाई राहत दिने, रोजगारी सिर्जना गर्ने, कृषि क्षेत्रमा प्राथमिकता दिने कुरा कार्यान्वयनमा जान कठिन हुने गरी बजेट ल्याइएको बताए। 

बजेट चालु आर्थिक वर्षकोभन्दा कम भएको र राजस्व समेत घटेको अवस्थामा विशेष क्षेत्रलाई बढी लक्षित गरेर बजेट ल्याउनुपर्ने बताए। स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट ९० अर्ब मात्र रहेकोले अहिलेको परिस्थितिसँग जुध्न कठिन हुने उनले बताए। 

न्यून बजेटलाई विशेष क्षेत्रमा फोकस गरेर ल्याउनु पर्ने भए पनि त्यस्तो नपाइएको उनले बताए।

'कृषिमा गरिएको लगानीले कति रोजगारी सिर्जना गर्ला? कोरोनामा विनियोजन गरेको रकमले समाधान देला?' उनले प्रश्‍न गरे, 'बजेट कनिका छरेजस्तै भएको छ। नचाहिने कुरामा छरिएको छ। बजेट क्यान्सरको उपचार झारफुक जस्तो आएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.