रकम दुरुपयोग हुने गरी बजेट आयो : नेता कार्की

|

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले अहिलको परिस्थितिलाई ख्याल नगरी बजेट ल्याइएको बताएका छन्। सरकारले अबको २, ३ महिनाभित्रै कोरोना पूर्ण रुपमा नियन्त्रणमा आउने विश्वासका साथ खर्च जुटाउने र खर्च गर्ने संकल्प लिएको बताए।

कोरोनाबाट नेपाल मुक्त हुने र यसबाट हामी कही पनि प्रभावित हुँदैनौ भन्‍ने आत्मविश्वास राखेको बताए। कोरोना महामारीको भविष्य अहिले किटान नभएको अवस्थामा अहिलेको बजेटबाट ठूलो अपेक्षा गर्न नसकिने उनले बताएका छन्। 

त्यस्तै पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटमा धेरै कुरा आएको भएपनि प्राथमिकतामा कुनै पनि क्षेत्र नपरेको टिप्पणी गरेका छन्। 

स्वास्थ्य, रोजगारी तथा शिक्षामा आएका विषयहरु पुरानै प्रकृतिको भएको उनले बताए। कृषि क्षेत्रको विकासमा पनि खासै योजना आउन नसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम बढाएर उक्त रकम फेरि दुरुपयोग हुनेगरी ल्याइएको बताए।

समग्रमा बजेट आश्वासनमुखी भएपनि कार्यान्वयनको दिशामा विगतको निरन्तरतालाई जोड दिएको बताए। कोरोना भाइरसबाट प्रभावित भएका क्षेत्रमा पनि राम्रोसँग, उत्साहित रुपमा काम गर्ने गरी कार्यक्रम बजेटमा समावेस नभएको उनले बताए।

जनता समाजवादी पार्टीका सांसद लक्ष्मण लाल कर्णले बजेटमा पुरा हुने कुनै पनि योजनाहरु नआएको बताए। कनिाका छरेजस्तो बजेटमा उल्लेख भएका कुरा केही पनि पूरा हुने अवस्था नरहेको उनले बताए। बजेटको स्रोतको मुल आधार वैदेशिक ऋण र सहयोग हुने भनेर काल्पनीक बजेट आएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.