|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद गोकुल बाँस्कोटाले अहिलेको संकटमा स्वास्थ्य क्षेत्रका कर्मचारीको हौसला बढाउने गरी बजेट आएको बताएका छन्।

पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका उनले स्वास्थ्य क्षेत्रका कर्मचारीबाहेक अन्य कर्मचारीहरुको अनावश्यक सुविधा र विलासिताका क्षेत्रहरु कटौती गरिनु सकारात्मक भएको बताए। उनले कर्मचारीहरुसहितको भ्रमणसहितका अन्य भत्ता सुविधा कटौती गरिएको सन्दर्भमा यसो भनेका हुन्।

बाँस्कोटाले अहिलेको परिस्थितिमा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यर्कीहरुलाई प्रोत्साहन गर्दै सरकारले बजेट ल्याउनु सकारात्मक भएको बताए। 

अन्य क्षेत्रका कर्मचारीहरुलाई केही असन्तुष्ट बनाए पनि अहिलेको संकटग्रस्त अवस्थामा यसलाई स्वभाविक रुपमा लिनुपर्ने उनले बताएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.