सबै स्थानीय तहमा १३२ जना संक्रमित

|

कपिलवस्तु : कपिलवस्तुका तीनवटा स्थानीय तहमा २४ कोरोना संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाँउपालिका ९ जना, कपिलवस्तु नगरपालिकामा १३ जना  र महाराजगन्ज नगरपालिकामा १ जना थपिएका हुन्।

बाँकी एकजनाको भारतवाट कृष्णनगर आउने क्रममा कोरोना संक्रमण भएर मृत्यु भएका हो। पुष्टि भएकामध्ये विजयनगर गाउँपालिका-३ का वर्ष २३ र ३० का पुरुष २ जना, वाड नं ५ निवासी वर्ष २६ का पुरुष १ जना, वडा नम्बर ७ का वर्ष ४३,५२,३७,३९,४०,२७ का ६ जना  पुरुष छन्। 

यसैगरि कपिलवस्तु नगरपालिका-७ का वर्ष २७ का पुरुष १ जना , वाड नं. ८ का वर्ष ३६, ४०, १७, ४४, २३, ३५, २५, २८, ३२, २५, ३४ र २० का १२  पुरुष रहेका छन्।

महाराजगन्ज नगरपालिका-७ का वर्ष ३० का १ जना पुरुषमासमेत कोरोना देखिएको छ। योसँगै जिल्लामा कोरोना संक्रमण हुनेको संख्या १३२ पुगेको छ। एकजना अर्घाखाँची जिल्लाका छन्। जिल्लाका सबै स्थानीय तहका कोरोनाको संक्रमण फैलिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.