|

पर्वत : म्याग्दी जिल्लाका एक व्यक्तिमा कोभिड १९ पोजेटिभ भएको पुष्टि भएको छ।

कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकी प्रदेशका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद बिन्दु शर्माले यसको पुष्टि गरेका हुन्।

उनका अनुसार म्याग्दीको मालिका गाउँपालिका घर भई सदरमुकाम बेनी नगरपालिकामा रहेको न्यु वेस्ट प्वाइन्ट क्वारेनटाइनमा रहेका ३० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको हो।

पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएसँगै उनलाई बेनी अस्पतालको आइसोलेसनमा लगिएको छ। सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

म्याग्दीमा पहिलो सङ्क्रमित पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सख्ंया १७ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.