|

काठमाडौं : विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५९ लाख नाघेको छ।   पछिल्लो अपडेट अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ६१ हजार ९ सय ९६ छ।   

संसारभर ५९ लाख चार हजार २ सय ८५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।  त्यस्तै अहिलेसम्म विश्वभर २५ लाख ७९ हजार ५ सय ९ जना ठिक भएका छन्। 

पछिल्लो समय ब्राजिलमा तीब्र रुपमा फैलिएको यो भाइरका कारण हालसम्म २६ हजार ७ सय ६४ जनाले ज्यान गुमाएका छन्। त्यस्तै ४ लाख ३८ हजार ८ सय १२ जनामा संक्रमण देखिएको छ। ती मध्ये १ लाख ९३ हजार १ सय ८१ ठिक भइसकेका छन्। 

अमेरिकामा १७ लाख ६८ हजार ४६१ कुल संक्रमित भएका छन् भने एक लाख ३ हजार ३ सय ३० जनाको मृत्यु भएको छ। यसैबीच ४ लाख ९८ हजार ७ सय २५ निको भएर फर्किएका छन् ।

बेलायतमा अहिलेसम्म २ लाख ६९ हजार १२७ कुल संक्रमित भएका छन् भने ३७ हजार ८३७ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख ३१ हजार ७३२ जना कुल संक्रमित भएका छन् भने ३३ हजार १४२ जनाको मृत्यु भएको छ। यसैबीच एक लाख ५० हजार ६०४ जना निको भएर फर्किएका छन्। 

फ्रान्समा एक लाख ८६ हजार २३८ कुल संक्रमित भएका छन् भने २८ हजार ६६२ जनाको मृत्यु भएको छ । यसैबीच ६७ हजार १९१ जना निको भएर फर्किएका छन्। स्पेनमा २ लाख ८४ हजार ९८६ कुल संक्रमित भएका छन् भने २७ हजार ११९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ९६ हजार ९५८ जना निको भएर फर्किएका छन्। 

रुसमा ३ लाख ७९ हजार ५१ जनामा संक्रमण फैलिएको छ। त्यहाँ मृत्यु दर भने कम रहेको छ। रुसमा हालसम्म ४ हजार १ सय ४२ जनाको मात्रै ज्यान गएको छ।  भारतमा एक लाख ६५ हजार ३८६ संक्रमित भएका छन् भने अहिलेसम्म ४ हजार ७११ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म ७० हजार ९२० जना निको भएर घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.