|

पर्वत : कोरोना भाइरस संक्रमणको शंकामा गण्डकी प्रदेशमा १० हजार ९२५ वटा नमुना परीक्षण गरिएको छ।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माका अनुसार बिहीबार अपराह्नसम्म पिसिआर विधिबाट दुई हजार ५६९ र आरडिटी विधिबाट आठ हजार ३५६ जनाको परीक्षण गरिएको छ।

पिसिआर विधिबाट गरिएका परीक्षणबाट गण्डकी प्रदेशमा १६ जनामा कोरोना पोजेटिभ रहेको पाइएको छ। संक्रमितमध्ये पाँचजनाको जिल्ला अस्पताल स्याङ्जामा, ६ जनाको धौलागिरी अस्पताल बाग्लुङमा र नवलपुर जिल्लाका तीन जनाको कोरोना अस्पताल भरतपुरमा उपचार भइरहेको छ। 

सङ्क्रमितहरूमध्ये बाग्लुङमा उपचार गरिएको दुईजना महिलाहरू भने यनिको भएर डिस्चार्ज भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.