|

बैतडी : महाकालीपारि भारतको झुलाघाटमा अलपत्र परेका करिब ५७६ जना नेपाली मजदुरलाई बिहीवार स्वदेश भित्र्याइएको छ।

जेठ १० देखि सीमानाकामा अलपत्र परेका उनीहरुलाई स्वदेश भित्र्याइएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। उद्धार गरिएका उनीहर सुदूरपश्चिम र कर्णाली प्रदेशका रहेका छन्। उनीहरुका् ज्वरो मात्र परीक्षण गरिएको प्रजिअ जोशीले बताए।

उद्धार गरिएका नागरिकलाई सम्बन्धित जिल्लामा पठाइएको र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको छ। उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने त्यसपछि मात्रै कोरोना परीक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। 

भारतका विभिन्न शहरबाट नेपाल प्रवेश गरेका उनीहरुलाई परीक्षणबिनै आउँदा संक्रमणको जोखिम हुने चिन्ता बढेको छ।  नेपालका कोरोना संक्रमितमध्ये अधिकांश भारतबाट आएका भएकाले बिनापरीक्षण भित्र्याउँदा जोखिम बढेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.