|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चीनको खराब उपहार भन्दै आलोचना गरेका छन्। 

विश्वका लागि चीनले दिएको खराब उपहार भन्दै  सामाजिक सञ्जाल मार्फत चर्को आलोचना गरेका हुन्।  कोरोनाका कारण अमेरिकामा ज्यान जानेको संख्या एक लाख नाघेको छ। त्यस्तै अमेरिकामा १७ लाख भन्दा धेरैमा संक्रमण भेटिएको छ। 

ट्वीट गर्दै उनले भनेका छन्। ‘कोरोना भाइरसको पेन्डामिकबाट मृत्यु हुनेको संख्या एक लाख पुग्दा हामी अत्यन्तै दुखद् माइलस्टोनमा पुगेका छौं,’ ट्रम्पले मृतकका परिवार र आफन्तहरुप्रति समवेदना प्रकट गरेका छन्।

पत्रिका द न्युयोर्क टाइम्सले मृत्यु भएकाको संख्यालाई कोरीयन युद्ध यताकै भएका सबैखाले युद्धमा मारिने अमेरिकी सेनाको संख्या भन्दा अत्याधिक भनेको छ।

सन् १९६८ मा यस्तै पेन्डामिक हुँदा अमेरिकामा १ लाख १६ हजार जनाको ज्यान गएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.