|

काठमाडौं : अहिले काठमाडौं उपत्यकासहित देशका मध्यपहाडी र पश्चिमी भेगमा पानी परिरहेको छ। 

यी स्थानहरुमा बेलुका सम्मै पानी पर्दै रोकिदै गर्ने जल तथा मौसम बिज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय बायु,पश्चिमी बायु र बंगालको खाडीबाट आएको जलबाष्पयुक्त हावाको असर कायमै रहेकाले दिनभर जसो मौसम बदली भई पानी पर्ने महाशाखाकी मौसमबीद् गंगा नगरकोटीले जानकारी दिइन्। 

मध्य र पश्चिमका अधिकांस स्थानमा रातीदेखि नै पानी परिरहेको उनले बताइन्। काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी पर्दै रोकिदै गरेको छ। पुर्वी क्षेत्रको मौसम पनि बिहानैदेखी बदली भएको छ। पुर्वी क्षेत्रमा पश्चिमी न्युन चापिय रेखाको असर पनि कायमै छ। 

दिउँसो पुर्वी क्षेत्रमा पनि पानी पर्ने महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान १६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर ३१ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.