|

कपिलवस्तु : कपिलवस्तुमा कोरोना संक्रमणबाट १५ जना मुक्त भएका छन्। 

जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुका अनुसार शुक्रबार चारजना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुनेमा कृष्णनगर नगरपालिकाका तीन र शिवराज नगरपालिकाका एकजना रहेका छन्। उनीहरुको  कोरोना विषेश अस्पताल दाङमा उपचार भएको थियो। 

यससँगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको छ। यसअघि कोरोना विषेश अस्पताल धागो कारखानावाट १० जना र तौलिहवा जिल्ला अस्पतालबाट एक जना स्वास्थ्यकर्मी निको भई घर फर्किएका थिए।

कपिलवस्तुमा कोरोना संक्रमण हुनेको संख्या १३६ पुगेको छ। जिल्लाका सबै स्थानीय तहमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.