चार सय स्वयमसेवक खटाउने तयारी

|

काठमाडौंः अघिल्लो मंगलबार गोकर्णेश्‍व नगरपालिका-४ का ५८ वर्षीय पुरुष कोरोना संक्रमण भएको पुष्टि भयो। अहिले उनी टेकु अस्पतालमा उपचारत छन।

नगरपालिकामा कोरोना संक्रमित व्यक्ति भेटिएकाले संक्रमण फैलिने उच्च जोखिम छ। तर,कोरोना संक्रमित व्यक्ति भेटिएपनि सर्वसाधारण बाहिर आवतजावत गरिरहेका छन्। अहिले गोकर्ण र नाम्गेलमा बाहिर सर्वसाधारण खुलामखुला हिँडिरहेका छन्।

नगरपालिकाले यसलाई नियमन र अनुगमन गर्न सकेको छैन। यसले स्थानीय त्रसित छन्। नाम्गेलका स्थानीय नवीन श्रेष्ठले कोरोना संक्रमित व्यक्ति नगरपालिकामा भेटिए पनि बाहिर वतजावत नरोकिएकोले त्रासमा बस्नु परेको बताए।

‘केही दिनअघि मात्रै नगरपालिकामा कोरोना संक्रमित भेटिए,’ उनले भने,‘संक्रमित भेटिँदा पनि मानिसहरु सडकमा हिँड्छन। कसैले ठेला घिसार्दै हिँड्छन। पसल खुल्लै राख्छन। भिडभाड उत्तिकै देख्छु। यसले हामीलाई त्रास बढायो।’

लकडाउनमा पनि सर्वसाधारण अटेरी गरेर बाहिर हिँड्डुल गरेको भन्दै नगरपालिकाले कडाई गर्नुपर्ने उनको माग छ। उनले स्थानीयबासी घरभित्रै बसे पनि बाहिरका सर्वसाधारण हिँड्ने गरेकाले कोरोना फैलिने उच्च जोखिम रहेको बताए।

‘स्वायमसेवक खटाउने तयारीमा छौँ’

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले कोरोना रोकथामका लागि नगरपालिकामा चार सय स्वयमसेवक खटाउने तयारीमा रहेकोे बताए।

‘नगरपालिकाभित्र एक जनामा कोरोना संक्रमित व्यक्ति भेटिएसँगै संक्रमण फैलिने उच्च जोखिम छ,’उनले भने,‘कोरोना रोकथामका लागि नगरपालिकाले चार सय भन्दा बढी स्वायमसेवक खटाउदै छौँ। डाक्टर, प्रहरी राखेर तालिम दिइसकेका छौँ।’

उनका अनुसार ती स्वायमसेवकले अत्यवश्यक कामबाहेक बाहिर हिँड्डुल गर्न दिने छैनन्। यस्तै समयमा पसल खोल्ने, सामाजिक दुरी कायम गरेर किनमेल गर्न दिइने छ।

यसका लागि सूचना समेत जारी गरिसकिएको उनको भनाई छ। उनले ग्राण्डी अस्पतालमा काम गर्ने व्यक्तिमा कोरोना संक्रमण नदेखिएको पनि जानकारी दिए।

उनले भने,‘नगरपालिकाभित्र अहिलेसम्म एकजना मात्रै कोरोना संक्रमित व्यक्ति भेटिएको छ।  ग्राण्डीमा काम गर्ने वडा ७ का अर्का व्यक्तिको पिसिआर रिर्पोट दुई पटक नेगेटिभ आएको छ।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.