समाज

चीनसँग जोडिएको मुस्ताङमा सशस्त्रको बोर्डर आउट पोस्ट

जेठ १६, २०७७

    पर्वत : उत्तरी छिमेकी चीनसँग जोडिएको मुस्ताङमा पनि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ।

    सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २० जना खटिने गरी कोरला नाकानजिकै नेचुङ्‍गमा पोस्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए। 

    सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापा, डिआइजी कवीन्द्रमान श्रेष्ठ, गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल, समन्वय प्रमुख छिरिङलामु गुरुङ, लोमान्थाङ गाउँपालिकाका प्रमुख नम्दु गुरुङ, दामोदरकुण्ड गाउँपालिकाका प्रमुख  लोप्साङ राजु विष्ट लगायत उपस्थितिमा बिहीबार पोस्ट स्थापना गरिएको हो।

    प्रजिअ अर्यालका अनुसार सिमानाबाट नेपालतर्फको ११ किलोमिटर भित्र स्थापना गरिएको पोस्टबाट तत्कालका लागि सीमा रक्षा, चोरी तस्करी नियन्त्रण र बिपद् व्यवस्थापनको काम हुनेछ। 

    कोरला नाका सञ्चालनमा आएपछि चीनसँग हुने आयात निर्यातको बेलामा भने पोस्टबाट नै भन्सार र राजश्‍ गस्ती पनि गरिनेछ।

    ‘सीमा नाकामा पोस्ट स्थापना भएको छ। अब सीमाको अनुगमन, अपराध नियन्त्रण, राजस्व सङ्कलन र चोरी निकासी नियन्त्रणमा ठुलो सहयोग पुग्छ,’ प्रजिअ अर्याल भन्छन्, ‘अहिले कोरला नाका संचलनमा नआइसकेकाले पोस्टमा रहने सशस्त्र प्रहरीको पहिलो काम सीमारक्षा, दोस्रो चोरी तस्करी नियन्त्रण र तेस्रो बिपद् व्यवस्थापन हुने छ। नाका खुलेपछि त्यही पोस्टबाटै भन्सार र राजश्‍व गस्ती हुने छ।’

    यसअघि चीनसँग सीमा जोडिएको सङ्खुवासभामा बीओपी स्थापना भएको थियो। भारततर्फ जोडिएका तीन दिशाका नाका र चीनसँगको उत्तरी नाकामा गरी हालसम्म कुल १ सय २२ स्थानमा बीओपी स्थापना भएका छन्।

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]