|

बारा : चर्को विरोधका बीच कोरोना भाइरस संक्रमितको उपचार गराइएको बाराको जिल्ला अस्पताल कलैया अस्पताल कोरोना बिरामीमुक्त भएको छ। 

यहाँ भर्ना भएका संक्रमितलाई शुक्रबार कलैया उपमहानगरपालिका ३ गंगापुरमा व्यवस्थापन गरिएको शैक्षिक तालिम केन्द्रमा सारिएको छ। 

केन्द्रमा स्थापना गरेको अस्थायी कोरोना अस्पतालमा ४६ जना संक्रमितलाई सारेर अस्पतालाई पुरानै अवस्थामा फर्काउन कलैया उपमहानगरपालिकाले प्रक्रिया थालेको थियो।

कोरोनाको बिरामीको उपचार हुँदा अन्य सेवा प्रभावित भएको अस्पतामा पुनः सेवा सञ्चालनका लागि सरसफाइ गरिएको छ। संक्रमित बसेको अस्पताललाई  संक्रमणमुक्त बनाउन स्यानिटाइज गरिएको छ।

कलैया उपमहानगरपालिकाले पानीमा सोडियम हाइपोक्लोराइड मिसाएर ट्रयाक्टरमा ट्यांकी राखेर अस्पतालमा स्यानिटाइज गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.