|

काठमाडौं : नेपाल दलित विद्यार्थी संघका अध्यक्ष कमल विश्वकर्माले गृहमन्त्री रामबहादुर थापा बादलले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। 

रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गरेर उनले घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने पनि माग गरेका छन्। 

‘गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ । मुलुकमा  यति धेरै जघन्य अपराधका घटना भइरहेका छन्। बलात्कार, हत्याका घटना हुँदा अहिलेसम्म दोषीलाई कारबाही गर्न सक्नुभएन। पदमा बस्न लाज लाग्दैन?’, उनले भने, ‘निर्मला पन्तको बलात्कारपछि हत्या घटनादेखि आज नवराज विकसहितको हत्याकाण्ड भइसके, गृहमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्छ।’

नवराज हत्याकाण्ड नेपालको संविधान र कानूनको धज्जी उडाएको उनको भनाई छ। मुलुकको गृहमन्त्री भइसकेका जनार्दन शर्मा र शक्ति बहादुर बस्नेतको क्षेत्रमा घटना हुनु लज्जाको विषय भएको उनले प्रश्न उठाए।

‘दुईदुईजना व्यक्ति गृहमन्त्री भइसकेको ठाउँमा जुन घट्ना भयो, यदि उहाँहरु न्यायप्रेमी हुनुहुन्थ्यो भने न्यायका लागि आज यत्रो दिनसम्म संघर्ष र आन्दोलन गर्नुपर्दैनथियो होला नि’, उनले भने, ‘हिजो तपाईंहरु नवराज विकहरु जस्तैले बनाएका बन्दुकको बलमा सत्तामा पुग्नुभयो । फेरि बन्दुक उठाउनु नपरोस।’

उनले कुनैपनि आधारमा घट्नालाई तोडमोड गरिन नहुने बताए। यदि पीडितलाई न्याय नदिई घटनालाई उपेक्षा गरिए मुलुक जातीय द्वन्द्व हुने परिवेश नआउला भन्न सकिँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.