|

बाँके :  बाँकेका थप तीन जनाले कोरोना जितेर घर फर्किएका छन्। 

दाङको बेलझुण्डीस्थित प्रदेश विशेष आइसोलेसन अस्पतालमा उपचाररत नरैनापुर गाउँपालिका १, ३ र ५ का १८, २० र २५ वर्षका संक्रमित कोरोनामुक्त भएका जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। 

नरैनापुरमा एक सय १३ जना संक्रमितमध्ये एक जनाको मृत्यु भइसकेको छ। अन्यको दाङ र बाँकेका विभिन्न आइसोलेसन अस्पतालमा उपचार भइरहेको छ। 

यसैबीच जिल्लाको डुडुवा गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका १० जनामा कोरोना पुष्टि भएको पनि श्रेष्ठले बताए । नेपालगन्जस्थित भेरी अस्पतालमा आरटी–पिसिआर विधिबाट कोरोना जाँच गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.