बारामा संक्रमितको संख्या ५९

|

बारा : भारतबाट घर फर्किएर गाउँकै क्वारेन्टाइनमा बस्दै आएको बाराको पचरौता नगरपालिकाका थप चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

संक्रमण पुष्टि हुनेमा पचरौता नगरपालिकामा वडा नम्बर २ का २७ वर्षीय, २८ वर्षिय र ४५ वर्षीय पुरुष र वडा नम्बर ६ का २७ वर्षीय पुरुष रहेका छन् ।

१५ दिअघि स्वदेश फर्र्किएका उनीहरुलाई बोर्डरबाटै एम्बुलेन्समा राखेर सिधै क्वारेन्टाइनमा राखिएको पचरौता नगरपालिकाका मेयर रमेशकुमार यादबले बताए ।
गत जेठ ७ गते उनीहरुसहित ६९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो । 

यस अघि पचरौता नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा सुरक्षामा खटिएका नेपाली सेनाका दुई जवान र एकजना स्वास्थ्यकर्मी समेत संक्रमित भएका थिए । 

कार्यरत ४१ वर्षका पुरुष स्वास्थ्यकर्मी, पचरौता नगरपालिका वडा नम्बर १ का २२ र ३० वर्षीय पुरुष, वडा नम्बर २ का २९, ३५, र ३६ वर्षीय पुरुष, वडा नम्बर ५ का ४० वर्षीय पुरुष र वडा नम्बर ७ का ५० वर्षीया महिला छन् ।

बारामा संक्रमित ५९ पुगे

बारामा कोरना संक्रमितको संख्या ५९ रहेको छ । शुक्रबार थप ४ जना संक्रमित थपिएसंगै संक्रमित ५९ पुगेको हो । जसमध्य एकको मृत्यु भएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्म जीतपुरसिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, विश्रामपुर गाँउपालिकामा १, कलैया उपमहानगरपालिकामा सुरक्षाकर्मीसहित ९ जना, करैयामाई गाँउपालिकामा ३ जना, महागढीमाई नगरपालिकामा २१ जना, पचरौता नगरपालिकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.