|

भक्तपुर : मध्यपुर थिमि–६ बहाखाबजारस्थित एनआइसी एसिया बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्।

सञ्जिव चित्रकारको चारतल्ले घरको भुइँतल्लामा रहेको एटिएम मेसिन फुटाएर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोक कदम्बास घर बताउने मध्यपुर थिमि–६, नगदेश बस्दै आएका २१ वर्षीय सचिन तामाङलाई शुक्रबार राति पक्राउ गरेको हो।

प्रहरीले सचिनको साथबाट एकथान ह्याम्बर, एकथान स्क्रु ड्राइभर, एटिएम मेसिनको बाहिरी कभर र रोलर (डण्डी) समेत बरामद गरेको छ। एटिएम फुटाउँदै गरेको भन्ने स्थानीयले दिएको सूचनामा आधारमा प्रहरी निरीक्षक राजिव गिरी नेतृत्वको महानगरिय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
 
घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.