|

दैलेख : दैलेखमा क्‍वारेन्टाइनमा बसेका एक जनाको मुत्यु भएको छ। मुत्यु हुनेमा १० दिनअगाडि भारतबाट आएर क्‍वारेन्टाइनमा बस्दै आएका दुल्लु नगरपालिका-११ का ४० वर्षीय पुरुष रहेका छन्। 

भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनी नगरपालिकाले बनाएको क्‍वारेन्टाइनमा बस्दै आएका थिए। क्‍वारेन्टाइनमा बेहोस भएपछि क्‍वारेन्टाइनमै उपचार गरिएको थियो। उनको क्‍वारेन्टाइनमै उपचारका क्रममा शनिवार बिहान १० बजे मुत्यु भएको दुल्लु अस्पतालका प्रमुख डा. पूजा बिसीले बताइन्। 

मुत्यु भएका उनको कोरोना परीक्षणका लागि  तिन दिनअगाडि स्वाब कर्णाली स्वास्थ्य बिज्ञान प्रठिष्टान जुम्लामा पठाइएको छ। तर अझै रिर्पोट आउँन बाँकी रहेको डा. बिसीले बताइन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.