|

जनकपुरधाम : शनिवार सिरहामा ११ र सप्तरीमा ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या सिरहामा २५ र सप्तरीमा ४२ पुगेको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका थप ९ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये एक महिलासमेत छन्। संक्रमित सबै डाकनेश्‍वरी नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनिलाल यादवले बताए।

यस्तै काठमाडौंको टेकु प्रयोगशालामा गरिएको परीक्षणमा सिरहाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। लहान नगरपालिकाका ८ जना, धनगढीमाई नगरपालिकाका २ जना र कल्याणपुर नगरपालिकाका १ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ कार्यालयले जनाएको छ।

शनिबार थपिएका सिरहा र सप्तरीका कोरोना संक्रमित १८ वर्षदेखि ६५ वर्ष उमेर समूहका छन्। संक्रमित सबै फरक फरक मितिमा भारतको विभिन्‍न ठाउँबाट आएको बुझिएको छ। संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएपछि आइसोलेसन कक्षको अभाव भएको चिकित्सकहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.