|

दाङ : दाङको तुलसीपुरमा एक युवकको हत्या गरिएको छ। तुलसीपुर उपमहानगरपालिका-९ मैनानगर निबासी २७ वर्षका मन्दिप भुजको गएराति हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता एवम् इन्स्पेटर चक्र डमरपालले बताए। 

तुलसीपुरको अटोभिलेजदेखि करिब डेढ सय मिटर उत्तरतर्फ ज्ञानज्योति आधारभूत विद्यालयको भवन पछाडि भुज शनिवार बिहान मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

प्रवक्ता डमरपालको नेतृत्वमा घटना स्थल पुगेको प्रहरी टोली अनुसन्धान सुरु गरेको छ। यसैबीच भुजको हत्यामा संम्लग्‍न हुन सक्ने भन्दै ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको ईप्रकाका प्रमुख डिएसपी हरिहरनाथ योगीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.