|

भक्तपुर : मध्यपुर थिमि नगरपालिका १ लोहकिल्थलीमा ड्रोनमार्फत कोरोना भाइरस (कोभिड १९)बारे सर्वसाधारणमा सचेतना फैलाइएको छ। कोरोनाले पार्नसक्ने असर, यसबाट बच्ने उपाय, लकडाउनको पालना र संक्रमित आउनसक्ने जरुरी सूचनासहितको अडियो सन्देश ड्रोनमार्फत दिइएको हो। 

लकडाउनको समयमा पनि अतिआवश्यक कामबाहेक पनि सर्वसाधरण घरबाहिर निस्कने, हिँडडुल गर्ने, तोकिएको समयसिमा बाहेकको समयमा पनि पसलहरु खोल्ने जस्ता क्रियाकलाप भइरहेकोले त्यसलाई रोक्न पनि ड्रोनमार्फत सर्वसाधरणलाई सचेत गराइएको वडाध्यक्ष सुरज खड्काले बताए। 

ड्रोनमार्फत जनचेतना फैलाउँदा स्वयंसेवक र कर्मचारीहरु घरघर तथा टोलटोलमा जान नपर्ने र सुरक्षित पनि हुने भएकोले ड्रनको प्रयोग गरिएको अध्यक्ष खड्काले बताए। 

ड्रोन ललितपुरको कुपन्डोलस्थित पोकुरा इनोभेसन प्रालि का गोकर्ण जङ थापाको नेतृत्वको टोलीले उडाएको थियो। टोलीमा इन्जिनियरहरु राम खनाल, सुशील खड्का र साजन अमात्यसमेत सहभागी थिए।

टोलीले आज ४ घण्टा ड्रोनमार्फत सचेतना सन्देश दिएको र सो कार्य भोलि आइतबार पनि सञ्चालन हुने टोली नेता थापाले जानकारी दिए। दुई दिन ड्रोन उडाउन तीन लाख रुपैयाँ खर्च लाग्ने र सबै खर्च पोकुरा इनोभेसनले नै व्यहोर्ने थापाले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.