आइतवारको संसद बैठकमा संशोधन प्रस्ताव पेश हुँदै

|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मदान गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले  संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदहरुलाई निर्देशन दिने निर्णय गरेको हो। 

यसअघि शुक्रबार कांग्रेस संसदीय दलले पनि भारतले हडपेको भूमि समेटिएको नयाँ नक्सालाई संविधानको अंग बनाउने संविधान संशोधनको पक्षमा उभिने निर्णय गरिसकेको थियो। 

शनिबार बसेको केन्द्रीय समितिको बैठकले सांसदहरुलाई संविधान संशोधनको पक्षमा मतदान गर्न निर्देशन दिने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले थाहाखबरलाई जानकारी दिए।

भारतले अतिक्रमणम गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइएको महतले बताए।

कांग्रेसको यो निर्णयसँगै अब संविधान संशोधन हुने पक्का पक्की भएको छ। संविधान संशोधानका लागि संसदको दुईतिहाइ बहुमत आवश्यक हुन्छ। अर्को प्रतिपक्ष राप्रपाले पनि संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।

कांग्रेसक अर्का नेता गगन थापाले पनि कांग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय लिएको बताए । 'परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय केन्द्रीय कमिटीबाट भएको छ', थापाले भने। 

तराई-मधेस केन्द्रित जनता समाजवादी पार्टीले भने नागरिकता र प्रदेशको सीमांकनसहितका आफ्ना मागहरु सम्बोधन हुने भएमा संविधान संशोधनको पक्षमा उभिने अडान राखेको छ। 

सम्भावित कार्यसूचीमा संविधान संशोधन

कांग्रेसको उक्त निर्णयसँगै निशान छापलाई अध्यावधिक गरिएको नक्साअनुसार परिमार्जन गर्न दर्ता गरेको संविधान संशोधन विधेयक आइतबारको प्रतिनिधिसभा बैठकमा पेस गरिने भएको छ। 

प्रतिनिधिसभाको आइतबारको बैठकका लागि तयार सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले उक्त विधेयक पेस गर्ने उल्लेख गरिएको छ। 

कांग्रेसले समय मागेपछि यही बुधबार प्रतिनिधिसभाका लागि सम्भावित कार्यसूचीमा राखिएको संविधान संशोधन विधेयक पेस गर्नबाट सरकार पछि हटेको थियो। प्रतिनिधि सभाको बैठक आइतवार बिहान ११ बजे बस्‍ने भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.