|

काठमाडौं : विश्वमा कोरोना भाइरस (कोभिड १९) कारण मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघेको छ। संक्रमितको संख्या ६१ लाख ५३ हजार ३ सय ७० पुगेको छ। 

वल्डोमिटरले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार  अमेरिकामा सर्वाधिक १८ लाख १६ हजार ८ सय २० जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा एक लाख ५ हजार ५ सय ५७ पुगेको छ। 

त्यस्तै, ब्राजिलमा ४ लाख ९८ हजार ४ सय ४०, रुसमा ३ लाख ९६ हजार ५ सय ७५, बेलायतमा २ लाख ७४ हजार २ सय १९, स्पेनमा २ लाख ३९ हजार २ सय २८, इटालीमा २ लाख ३२ हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ।

ब्राजिलमा २८ हजार ८ सय ३४ जनाको ज्यान गइसकेको छ। त्यस्तै, बेलायतमा ३८ हजार ३ सय ७६, इटालीमा ३३ हजार ३ सय ४०जनाको मृत्यु भइसकेको छ।विश्वभर २७ लाख ३४ हजार ५ सय ४८ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्।

संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा ५ लाख ३५ हजार २ सय ३८, ब्राजिलमा २ लाख ३ सय ७१, रुसमा १ लाख ६७ हजार ४ सय ६९, जर्मनीमा १ लाख ६४ हजार ९ सय ८ जना संक्रमणमुक्त भएका छन्।

 भारतमा मृत्यु हुनेको संख्या पाँच हजार १ सय ८५ पुगेको छ। त्यस्तै त्यहाँ एक लाख ८१ हजार ८ सय २७ जना संक्रमित रहेका छन्। भारतमा ८६ हजार ९ सय ३६ जना संक्रमित निको भइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.