|

काठमाडौ : कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै प्रदेशमा संक्रमितको संख्या १ सय २३ पुगेको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखमा थप १७ जनामा संक्रमण देखिएको हो। त्यस्तै मुगुमा पनि एक जनामा संक्रमण फैलिएको छ। संक्रमितमध्ये एकजनाको मृत्यु भएको छ ।

कर्णाली सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीकाअनुसार  कर्णालीका पाँच जिल्लामा संक्रमण देखिएको छ । दैलेखमा ४८ जना, सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १८ जना र मुगुमा १ जनामा कोरोना पुष्टि भएको छ। बाजुरा र बझाङका २ जना पनि कर्णालीमै उपचाररत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.