|

काठमाडौ : पछिल्लो समय नेपालमा कोरोना स‌क्रमण बढ्दो छ। हालसम्मको तथ्यांकअनुसार देशमा झण्डै १५ सयमा कोरोनाको संक्रमण देखिएको छ। सात जनाको ज्यान गइसकेकाे छ। 

कोरोनाको संक्रमण  सुरक्षाकर्मीलाई पनि देखिएको छ। समूहमा बस्नुपर्ने, क्वारेन्टाटिनमा खटिनु पर्ने, सडकदेखि सीमा नाकासम्म प्रहरीले नै ड्युटी गर्नु पर्ने भएपछि अहिले प्रहरी धेरै जोखिममा छन्।

ट्राफिक प्रहरी सडकमा नै हुन्छन्। यसरी कोरोनाको जोखिम बढदै जादा सबै भन्दा बढी जोखिम स्वास्थकर्मी, सुरक्षाकर्मी, ट्राफिक प्रहरीलाई देखिए पछि सुरक्षाका लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) लगाएरै सडकमा निश्किएका छन्। 

अति जोखिम क्षेत्रमा रहेका ट्राफिक प्रहरीहरुले पिपिई सेट प्रयोग गरेको देखिन्छ भने कम जोखिम क्षेत्रमा बस्ने प्रहरीले मास्क, पन्जा,प्लास्टिकको चस्मा प्रयोग गर्दै आएका छन्। 

a

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.