|

काठमाडौं : गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्याङ्जाको गल्याङ नगरपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।   यसैगरी तनहुँ जिल्ला, ऋषिङ गाउँपालिका ठेगाना भै सोहि गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका २८ वर्षका एक  जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको हो। 

उनीहरुलाई अहिले सम्बन्धित जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ निर्देशनालायले  जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४ पुगेको  छ।  पछिल्लो तथ्यांकअनुसार बागलुमा ८ जना स्याङ्गजामा ७ जना म्याग्दी, लमजुङ  र तनहुँमा एक एक जना  नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ६ जना रहेका छन्। त्यस्तै ३ जना निको भएर घर फर्किएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.