|

काठमाडौं : सरकारले हालै जारी गरेको नयाँ नक्सालाई आधिकारिकता दिन संघीय संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ पेश गरेको छ।

नयाँबानेश्‍वरमा जारी प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. तुम्वाहाङफेले बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गरेकी हुन्।  

मन्त्री तुम्बाहाङफेले यो विधेयक पेश गर्न समय मागेकी थिइन्। विधेयक पेश गर्न मागिएको अनुमतिमा विरोधको कुनै सूचना नपरेपछि सभामुख अग्‍निप्रसाद सापकोटाले 
नेपालको संविधान २०७७ पेश गर्न अनुमति दिएको घोषणा गरे। 

मन्त्री तुम्बाहाङफेले त्यसपछि नेपाल सरकारले हालै अद्यावधिक गरेको राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको निशान छापमा रहेको नक्सालाई नेपालको वास्ताविक नक्सामा समावेश गर्न विधेयक पेश गरेकी हुन्। 

‘नेपालको संविधानको धारा ९ को उपधारा २ मा नेपालको निशान छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा नेपालको वास्तविक नक्सा अनुरुपको प्रकाशित गरेको हुनाले नेपालको संविधानको अनुसूची ३ को निशान छाप भित्र अकिंत नेपालको नक्सालाई नेपालको वास्तविक नक्सा अनुरुप मिलायन आवश्यक भएकोले संसोधन विद्येयक संसद समक्ष पेश गर्दछु’ कानुन मन्त्री तुम्बाहाङफेले संसोधन प्रस्ताव पेश गर्दै भनिन। 

यसअघि भारतले अतिक्रमणम गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न कांग्रेसले शनिबार संसदीय दललाई निर्देशन दिएको थियो। 

 यसअघि १४ जेठको संसद् बैठकमा नै संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम थियो। तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्ने समय मागेपछि विधेयक पेश अन्तिम समयमा रोकिएको थियो। 

आजै अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को राजश्‍व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्‍ने प्रस्तावसमेत पेश गरेका छन्। यस प्रस्तावमाथि छलफल सुरु भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.