१० जनालाई सल्यान अस्पतालमै राखिने
१० जनालाई सल्यान अस्पतालमै राखिने
सल्यान : सल्यानका कोरोना संक्रमित मध्ये १० जनालाई सल्यान अस्पताल १५ जनालाई सुर्खेत पठाउने तयारी
सल्यान सल्यानका कोरोना संक्रमित २५ जनामध्ये १० जनालाई सल्यान अस्पताल ल्याउने र बाँकी १५ जनालाई सुर्खेत पठाउने तयारी भएको छ।
कर्णाली प्रदेश अस्पतलाको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परीक्षणमा २५ जनामो कोरोना पोजेटिभ देखिएको थियो। संक्रमित मध्ये १० जनालाई जिल्ला अस्पतालको आइसोलेसन र १५ जनालाई सर्खेत पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।
भारतबाट आएर बनगाड क्याम्पस र प्रभाकर माध्यमिक विद्यालयको क्वारेनटाइनमा रहेका ३९३ जनाको पिसिआर परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण देखिएको हो।
सल्यानमा भारतलगायत अन्य मुलकबाट आएकामध्ये ७६७ जनाको पिसिआर गरिएको छ। जसमा ८० जनाको मात्र रिपोर्ट आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।