|
फाइल फाेटाे

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले ल्याएको आगामी वर्षको बजेटले जनताको समस्या समाधान गर्न नसक्ने दाबी गरेका छन्।  आर्थिक वर्ष ०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथिको सामान्य छलफलमा भाग लिँदै सिंहले जनताको समस्या समाधान गर्न बजेटमा केही नरहेको बताएका हुन्।  उनले सरकारले कोरोना महामारीलाई सरकारले सामान्य तवरले लिएको उनको आरोप छ। 

‘‘सरकारले कोरोनालाई सामान्य तवरले लिएको बजेटले झल्काउँछ, कोरोना ठीक भएपछि ७ प्रतिशत आर्थिक वृद्धि भइहाल्छ भन्ने मनशाय  देखिन्छ,’ उनले भने, ‘रोग रोकथाम, नियन्त्रणलाई जति गम्भीरताका साथ लिनुपर्ने हो, त्यो सरकारको त्यति प्राथमितामा नपरेको रूपमा लिन सकिन्छ।’  उनले एमसीसीको विषयमा सत्तारुढ नेकपामा विवाद बढेको भन्दै बजेट कार्यान्वयन नहुनेमा चिन्ता व्यक्त गरे। 

‘दुईतिहाइ सरकारले तेस्रो बजेट पेश गरेको छ, पहिलोदेखि तेस्रोसम्मको बजेट प्रशासनिक सुधारमा प्रसास गर्नुपर्नेमा दम नभएको देखियो,’ उनले भने, ‘बजेट वक्तव्यमा परेको विषयलाई लिएर सत्ताधारी दलमा विवाद शुरू भएको कुराले यो बजेट कति विश्वसनीय छ भने प्रश्न उठेको छ, न्युनतम समझदारी नभएको बजेट कार्यान्वयनमा फितलो हुनेछ।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.